नगरको सौन्दर्यकरणका लागि कार्यक्रम

Published on

काठमाडौं । झापाको दमक नगरपालिकाको नगरभित्रका सबै १० वटा वडामा लक्षित गरी नगरको सौन्दर्यकरण तथा हरियाली प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

यसभन्दा अघि शहरी क्षेत्रका सडकमा हरियालीसहितको सौन्दर्यकरण कार्यक्रम प्रभावकारी बनेको थियो । नगरपालिकाले बिभिन्न संघ संस्था तथा टोल विकास संस्थासंगको साझेदारी कार्यक्रम सञ्चालन गर्न आबश्यक प्रक्रिया अघि बढाइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताउनुभयो । नगरको सौन्दर्यकरणका लागि आवश्यक योजना बनाएर अघि बढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार सम्पन्न भएको दमक नगरपालिकाको १४ औं नगरसभाले प्रारम्भिक चरणमा २० लाख बजेट बिनियोजनसहित कार्यक्रम पास गरेको उहाँले बताउनुभयो ।

यसका साथै सामुदायिक बिद्यालयमा हरियाली प्रवर्धन कार्यक्रम गर्न बृक्षरोपण तथा फुलवारी निर्माणको काम पनि अघि बढाइएको कार्कीले जानकारी दिनुभयो । नगरभित्रका सबै सामुदायिक बिद्यालयमा अनिवार्य फुलवारी बनाउने अभियान चलाइएको छ । बिगतदेखि नै सुरु भएको शहर बजारको सौन्दर्यकरणका लागि फूल रोप्न गमला खरिद र हरियाली प्रवर्धनका लागि साना तथा ठूला जातका बिरुवा खरिदको प्रक्रिया पनि अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नो प्रमुख नाराको रुपमा नै हरित नगरलाई समावेश गरेको छ ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...