नगरको सौन्दर्यकरणका लागि कार्यक्रम

Published on

काठमाडौं । झापाको दमक नगरपालिकाको नगरभित्रका सबै १० वटा वडामा लक्षित गरी नगरको सौन्दर्यकरण तथा हरियाली प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

यसभन्दा अघि शहरी क्षेत्रका सडकमा हरियालीसहितको सौन्दर्यकरण कार्यक्रम प्रभावकारी बनेको थियो । नगरपालिकाले बिभिन्न संघ संस्था तथा टोल विकास संस्थासंगको साझेदारी कार्यक्रम सञ्चालन गर्न आबश्यक प्रक्रिया अघि बढाइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताउनुभयो । नगरको सौन्दर्यकरणका लागि आवश्यक योजना बनाएर अघि बढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार सम्पन्न भएको दमक नगरपालिकाको १४ औं नगरसभाले प्रारम्भिक चरणमा २० लाख बजेट बिनियोजनसहित कार्यक्रम पास गरेको उहाँले बताउनुभयो ।

यसका साथै सामुदायिक बिद्यालयमा हरियाली प्रवर्धन कार्यक्रम गर्न बृक्षरोपण तथा फुलवारी निर्माणको काम पनि अघि बढाइएको कार्कीले जानकारी दिनुभयो । नगरभित्रका सबै सामुदायिक बिद्यालयमा अनिवार्य फुलवारी बनाउने अभियान चलाइएको छ । बिगतदेखि नै सुरु भएको शहर बजारको सौन्दर्यकरणका लागि फूल रोप्न गमला खरिद र हरियाली प्रवर्धनका लागि साना तथा ठूला जातका बिरुवा खरिदको प्रक्रिया पनि अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नो प्रमुख नाराको रुपमा नै हरित नगरलाई समावेश गरेको छ ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...