नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभाव

Published on

 बाँके जिल्लाको नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभावले त्यहाँ रहेका बालबिज्याईकता (बाल बन्दी), कर्मचारी र सुरक्षाकर्मीलाई समस्या भएको छ । बैजनाथ-२ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार भवनमा सञ्चालन गरिएको बालसुधार गृहमा रहेका १०३ जना बालक, कर्मचारी र सुरक्षाकर्मीलाई शुद्ध खानेपानीको व्यवस्था नहुँदा स्वास्थ्यमा समस्या आउने गरेको बाल सुधारगृहका इन्चार्ज श्याम रानाले बताउनुभयो । 

उहाँले बालसुधार गृहमा शुद्ध खानेपानीको अभाव हुँदा त्यहाँका सबैले सिधैँ धाराबाट निकालिएको पानी पिउन बाध्य रहेकाले भ्रमणमा आउनेहरुको सोतर्फ ध्यानाकर्षण गराई शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गर्दै आएको बताउनुभयो । खानेपानीलाई फिल्टर गरेर खाने व्यवस्था मिलाउनु पर्नेमा सो को व्यवस्था नहुँदा सिधै धाराको पानी खानु परेकोले बेला बेलामा बालकहरु बिरामी पर्ने गरेको पनि रानाले बताउनुभयो ।  हालै मात्र सो सुधारगृहको निरिक्षणका लागि गृहसचिव दिनेश भट्टराईसहितको टोली त्यहाँ पुगेको बेला पनि खानेपानी लगायत सुरक्षा चुनौती र दरबन्दीका विषयमा माग गरिएको उहाँले जनाउनुभयो । सोही प्रकारले उक्त बालसुधार गृहमा विभिन्न सामाग्री वितरणका लागि युनिसेफका प्रतिनिधिसहित पुगेको टोली समक्ष पनि खानेपानीको समस्याका बारेमा जानकारी गराईएको बाल सुधार गृहले जनाएको छ । 

केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीलगायतको टोली समक्ष शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गरिएपछि रजिष्टार पन्थीले सो बारेमा सम्बन्धित निकायमा कुरा राख्ने बताउनुभएको थियो । नौबस्तास्थित सो बालसुधार गृह विषेश परिस्थितिमा सञ्चालनमा ल्याउनु परेकाले आवश्यक कर्मचारीे, स्वास्थ्यकर्मी, शिक्षक र सवारी चालक नहुँदा अत्यन्तै कठिन अवस्थामा सेवा प्रवाह गर्नु परेको जनाइएको छ । 

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...