नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभाव

Published on

 बाँके जिल्लाको नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभावले त्यहाँ रहेका बालबिज्याईकता (बाल बन्दी), कर्मचारी र सुरक्षाकर्मीलाई समस्या भएको छ । बैजनाथ-२ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार भवनमा सञ्चालन गरिएको बालसुधार गृहमा रहेका १०३ जना बालक, कर्मचारी र सुरक्षाकर्मीलाई शुद्ध खानेपानीको व्यवस्था नहुँदा स्वास्थ्यमा समस्या आउने गरेको बाल सुधारगृहका इन्चार्ज श्याम रानाले बताउनुभयो । 

उहाँले बालसुधार गृहमा शुद्ध खानेपानीको अभाव हुँदा त्यहाँका सबैले सिधैँ धाराबाट निकालिएको पानी पिउन बाध्य रहेकाले भ्रमणमा आउनेहरुको सोतर्फ ध्यानाकर्षण गराई शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गर्दै आएको बताउनुभयो । खानेपानीलाई फिल्टर गरेर खाने व्यवस्था मिलाउनु पर्नेमा सो को व्यवस्था नहुँदा सिधै धाराको पानी खानु परेकोले बेला बेलामा बालकहरु बिरामी पर्ने गरेको पनि रानाले बताउनुभयो ।  हालै मात्र सो सुधारगृहको निरिक्षणका लागि गृहसचिव दिनेश भट्टराईसहितको टोली त्यहाँ पुगेको बेला पनि खानेपानी लगायत सुरक्षा चुनौती र दरबन्दीका विषयमा माग गरिएको उहाँले जनाउनुभयो । सोही प्रकारले उक्त बालसुधार गृहमा विभिन्न सामाग्री वितरणका लागि युनिसेफका प्रतिनिधिसहित पुगेको टोली समक्ष पनि खानेपानीको समस्याका बारेमा जानकारी गराईएको बाल सुधार गृहले जनाएको छ । 

केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीलगायतको टोली समक्ष शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गरिएपछि रजिष्टार पन्थीले सो बारेमा सम्बन्धित निकायमा कुरा राख्ने बताउनुभएको थियो । नौबस्तास्थित सो बालसुधार गृह विषेश परिस्थितिमा सञ्चालनमा ल्याउनु परेकाले आवश्यक कर्मचारीे, स्वास्थ्यकर्मी, शिक्षक र सवारी चालक नहुँदा अत्यन्तै कठिन अवस्थामा सेवा प्रवाह गर्नु परेको जनाइएको छ । 

ताजा समाचार

नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा...

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...