विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषण

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध दुई खेलका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले शुक्रबार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषण गर्नुभएको हो । टोलीमा चार जना नयाँ खेलाडीले प्रवेश पाउनुभएको छ । जसमा रक्षक अजय चौधरी र दीपेन्द्र विक, मिडफिल्डर रोहन कार्की र स्ट्राइकर समिर तामाङ टोलीमा पर्नुभएको छ । नेपालले मार्च २१ र २७ तारिख बहराइनसँग दुई खेल खेल्ने तालिका रहेको छ ।

प्रारम्भिक टोली

गोलरक्षक स् किरण चेम्जोङ ९कप्तान० अभिषेक बराल, विशान सुनार र दीप कार्की

रक्षक स् अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ मिडफ़िल्डर स् एरिक विष्ट, विशाल तामाङ, क्रितिशरत्न छुन्जु, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई स्ट्राईकर स् अन्जन विष्ट, आयुष घलान, दीनेश हेन्जम, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सन्जिव विष्ट ।

spot_img

ताजा समाचार

देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति...

सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति...

सुर्खेतमा एलपी ग्यास अभावले उपभोक्ता सास्तीमा

सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँदेखि दिनौँसम्म लाइन...

प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति...