मन्त्रिपरिषदको पुनर्गठन : तीन मन्त्रीको शपथ ग्रहण हुँदै

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपरान्ह ५ बजेका लागि समय माग भएको छ ।

मागअनुसार शपथ ग्रहणको तयारी सुरु गरिएको राष्ट्रपति कार्यालयको सचिवालयबाट जानकारी प्राप्त भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेटगरी पछिल्लो राजनीतिक घटनाक्रम बारेमा जानकारी गराउनुभएको थियो । सोमबार विहान प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलसँगै नयाँ राजनीतिक गठबन्धन निर्माण र पुरानो गठबन्धन भत्किने संकेत देखिएको थियो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज अपरान्ह नयाँ मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपतिसमक्ष समय माग भएको जानकारी दिनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसँग भेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने र तीन सदस्यीय विनाविभागीय मन्त्रीहरुको नियुक्ती हुने जानकारी गराउनुभएको छ ।” सल्लाहकार आचार्यका अनुसार आज शपथ लिनुहुने मन्त्रीहरुमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा (एमाले) बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद (डिपी) अर्यालले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

बाँकी मन्त्री र जिम्मवारीबारेमा टुङ्गो लगाउन सत्ता गठबन्धनबाट चार सदस्यीय कार्यदल निर्माण गरिएको छ । सो कार्यदलमा एमालेबाट विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र राजपा, नेपालबाट उपेन्द्र यादव रहनुभएको छ ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...