भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकको सहयोग आवश्यक

Published on

काठमाडौं । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जामगरले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) नगर समिति उर्लाबारीले आयोजना गरेको रक्तदान कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री बुर्जामगरले आफू सरकारमा आएको २९ दिन मात्रै भएको बताउँदै सरकारमा बसेर राम्रो गर्ने प्रयास गर्ने, राम्रो गर्न नसकेपनि नराम्रो समेत नगर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले विकासका काम गर्दा पारदर्शी ढङ्गले गर्नुपर्नेमा जोडदिनु भयो । उहाँले भन्नुभयो, ‘‘सुशासनका लागि तीनै तहको सरकारले जनचेतना बढाउनुपर्छ ।’’ सरकारलाई भ्रष्टाचार नै चुनौती भएको उल्लेख गर्नुहुँदै उहाँले सङ्घीय सरकारको भ्रष्टाचार विरोधी अभियानलाई सबै नागरिकले सहयोग नगरे समृद्ध देश सुखी नेपाली हुन नसक्ने बताउनुभयो ।

कार्यक्रम संयोजक दीपक आलेमगरको सभापतित्वमा भएको कार्यक्रममा पूर्व प्रदेश सांसद एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्वा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेल ६ नम्बर वडाका वडाध्यक्ष चिन्तामणि पौडेल, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारी लगायतले बोल्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...