विद्यार्थीको दन्त परीक्षण तथा उपचार

Published on

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा विद्यार्थीहरूको दन्त (दाँत) परीक्षण तथा उपचार गरिएको छ । मेरिङ्देन गाउँपालिकाले आइतबार वडा ६ नाल्बुमा रहेका विद्यार्थीको दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको दन्त परीक्षण साथै उपचार गरिएको हो । वडा ६ नाल्बुमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको दन्त परीक्षण तथा उपचार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार वडाभरिका विद्यार्थीलाई नाल्बु स्वास्थ्य चौकीमा केन्द्रित गरी दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरिएको हो । गाउँपालिका तथा नाल्बु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले विद्यार्थीको दन्त परीक्षण साथै उपचार सेवा प्रदान गरेका छन् । आइतबार दाँतसम्बन्धी समस्या भएका १४४ जना विद्यार्थीलाई सेवा प्रदान गरिएको मेरिङ्देन गाउँपालिका उप–स्वास्थ्य शाखाले जनाएको छ ।

उप–शाखाका अनुसार ६० जना लाभग्राही (विद्यार्थी) को दाँत निकालिएको छ । यस्तै ३६ जनाको दाँत भरिएको छ भने दाँतसम्बन्धी समस्या भएका १८ जनालाई सुविधा सम्पन्न ठाउँका लागि सिफारिस गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो । यता विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने पनि गाउँपालिकाले जनाएको छ । साबिक नाल्बुसहित, थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप र थुकिमासमेत छ गाविस समेटिएको मेरिङ्देन गाउँपालिकामा हाल छ वटै वडा रहेका छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...