पडरियामा कृषि हाटबजार लगाउन सुरु

Published on

काठमाडौं । लहान नगरपालिका वडा ११ पडरिया बैठारमा समाजका अगुवाहरुको सक्रियतामा कृषकहरुलाई उत्पादनमा जोड दिन कृषि हाटबजार लगाउन सुरु गरिएको छ । सुुन्दर पडरिया स्वस्थ्य पडरिया, कृषिमा उत्पादन हाटबजारको व्यस्थापन नारा सहित गएको शनिबार मङ्सिर २० गतेदेखि कृषि हाटबजार लगाउन सुरु गरिएको हो । शनिबार र मङ्गलबार हप्तामा दुई दिन लाग्ने यस हाटबजारमा स्थानीय कृषकहरुले उत्पादन गरिएको तरकारी माछा,मासु धानका उसिना चावल दाल र च्याउ बिक्री गर्न हाटबजार लगाउन सुरु गरिएको कृषि हाटबजार व्वयस्थापन समितिका अध्यक्ष धर्मराज चौधरीले बताउनुभयो । 

सरफाइ र लागु औषध दुव्यर्सनीमा लागेका युवाहरुलाई दुव्यर्सनीबाट मुक्त गर्न थालिको अभियानमा साना किसान सहकारी संस्था पडरियाको पहलमा हाटबजार लगाउन थालिएको उहाँले प्रष्टयाउनुभयो । उहाँको अनुसार कृषि हाटबजार लगाउनको लागि पडरियाका सबैदलका अगुवाहरुले पहल र सक्रिया देखाएका छन् । २०३२ सालमा पडरियामा सृजना पुस्तकालय स्थापना गरेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय पडरिया अब मधेश प्रदेशकै नमूना गाउँ बनाउने गरी किसानको आय आर्जनलाई बढावा दिन कृषि हाटबजार सुरु गरेर प्रशंसनीय कार्यको सुरुवात भएको स्थानीय लहान नगरपालिकाका पूर्व उपप्रमुख सरियार कुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘म एक समान्य किसानको परिवारबाट पडरियामा रहेको साना किसान सहकारीमा जोडिएर राजनीति प्रगति गर्ने आधार साना किसान सहकारी पडरिया नै रहेको छ । यस सहकारीबाट कृषि हाटबजार लगाउने पहलले यस गाउँको किसानहरुको आय आर्जनमा टेवा पुग्ने विश्वास छ ।’’ पडरियाका स्थानीय मधेश प्रदेशसभाका सदस्य राजेन्द्र प्रसाद चौधरीले युवाहरुले थालेको सुन्दर पडरिया स्वास्थ्य पडरिया अभियानमा कृषको उत्पादन हाटबजारको व्यवस्थापनले अति खुसी भएको भन्दै यस कृषि हाटबजारमा कृषि शेड, शौचालय निर्माण र सुरक्षित स्तनापानकक्ष निर्माणको लागि मधेश प्रदेश र सरोकारवाला निकायहरुमा पहल गरिने बताउनुभयो । 

चार सयभन्दा बढी घरपरिवार रहेका मझौला किसानहरुलाई मिटरव्याजको ऋण लिन नपरोस् त्यसको लागि स्थापना गरिएको साना किसान सहकारीबाट अति न्यूनतम ६ प्रतिशतमामा ऋण उपलब्ध गराएर च्याउ, तरकारी , बाख्रा पालन , माछा उत्पादन धान र दलहन खेतिको लागि सहयोग गरिने सहकारीका अध्यक्ष मागैन कामैतले प्रष्टयाउनुभयो । कृषि हाटबजारमा थारु समुदायका महिलाहरु जुम्वा महिला समूहको तर्फबाट बगिया, भाका, सिद्रा र सेलरोटीको सामुहिक नास्ता पसल सञ्चालन गरेर हाटबजारमा राम्रो बिक्री हुँदा उत्साहित देखिएका छन् । स्थानीय युवा अगुवाहरु धर्मराज चौधरी। मनोरञ्जन चौधरी , अरबिन्द चौधरी र अजय चौधरीको सक्रियतामा कृषि हाटबजार सुरु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...