बन्धक र गाजा युद्धविरामका लागि आयोजित कायरो बैठकमा इजरायल सहभागी नहुने

Published on

काठमाडौं । इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको सङ्ख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्ने लगायतका मागहरू सम्बोधन गर्ने बिषयमा युद्धरत पक्षबीच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो । कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी शर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो । यो कदमले गत बिहीबार नेतन्याहूको एक भाषणमा उल्लेखित शर्तहरू पछ्याउँछ । सम्बोधनमा उहाँले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताउनुभएको थियो ।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायलले प्रस्तावित छ हप्ताको युद्धविरामलाई स्वीकार गरेको सङ्केत गरेपनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो । वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो । हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउनु समावेश छ । रासस\एएनआई

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...