कर्णाली प्रदेशका ३९ जनालाई रेफ्री तालिम

Published on

काठमाडौं । जुम्लामा कर्णाली प्रदेश स्तरीय रेफ्री तालिम सुरु भएको छ । जुम्ला जिल्ला फुटबल सङ्घ जुम्लाको आयोजनामा सात दिने प्रदेश स्तरीय रेफ्री तालिम होटल स्नोल्याण्डमा सुरु भएको हो ।

एन्फाका केन्द्रीय सदस्य तथा जुम्ला फुटबल सङ्घका जिल्लाध्यक्ष भरत बहादुर बुढथापाको अध्यक्षतामा र प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालको प्रमुख आतिथ्यतामा रेफ्री पहिलो पटक तालिमको उद्घाटन गरिएको छ । एन्फा केन्द्रीय सदस्य बुढथापाका अनुसार यो तालिम सात दिन सम्म सञ्चालन हुने भएको छ । उहाँका अनुसार जुम्ला जस्तो ठाउँमा प्रदेश स्तरीय तालिम हामीले पहिलो पटक आयोजना गरेका हौँ, रेफ्री बिनाको खेलको कुनै अर्थ छैन । यस कारण सबैसँग अनुरोध गरी धेरै कठिनाइका साथ तालिम गर्न सफल भएका छौँ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा कर्णाली प्रदेश स्तरीय फुटबलको रेफ्रिको तालिम सञ्चालन गरिएको परिषद्का कर्मचारी तथा रेफ्रि तालिममा कार्यक्रम संयोजक कविदत्त न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार कर्णाली प्रदेशका सुर्खेत, रुकुम पश्चिम, सल्यान हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, मुगु, कालिकोट र जुम्लाका गरी ३९ जना सहभागी छन् । न्यौपानेका अनुसार यो तालिमलाई राम्रोसँग सिक्न सहभागीलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार हामीले सञ्चालन गरेको तालिममा प्रत्येक जिल्लाबाट बढीमा ३ जना सहभागी सहभागिता छ । रेफ्री तालिममा सहभागीबाट एन्फाले दर्ता शुल्क तीन हजार तोकिएको छ । त्यो शुल्क एन्फाको खातामा जान्छ । एन्फाले उनीहरूको लागी आवश्यक सामाग्रीहरू दिन्छ । तालिममा सहभागीले आते जाते भाडा आफैले व्यहोर्नुपर्नेछ भने तालिम सुरु भएको दिनदेखि अन्तिमसम्म प्रति दिन एक हजार भत्ता उपलब्ध गराइने भएको छ । खाना बस्नको लागी कर्णाली खेलकुद परिषद्ले आर्थिक सहयोग,गरेको फुटबल कार्यक्रमका संयोजक कविदत्त न्यौपाने जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले जुम्लामा लाइसेन्स प्राप्त गर्नका लागि सुरु भएको रेफ्रि तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो । फुटबल खेलाउँदा रेफ्रि नहुँदा बाहिर जिल्ला बाट ल्याउनु पर्ने बाध्यता थियो । उहाँका अनुसार सोही समस्यालाई मध्यनजर गर्दै कर्णाली खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वयमा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा कर्णाली प्रदेश स्तरीय रेफ्री तालिमले कर्णालीका जिल्लाले अबका दिन रेफ्री अभावको समस्या नखेप्ने बताउनुभयो । सात दिने रेफ्री तालिम दिनका लागी अखिल नेपाल फुटबल सङ्घ(एन्फा) केन्द्रबाट चार जना प्रशिक्षक श्रीराम रञ्तिकार, सैलेश जोसी, सचिन अमात्य रोजेन श्रेष्ठ लगायतको टिम जुम्ला पुगेको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...