सूर्यतारा सिमेन्ट उद्योग : पूर्वाधार निर्माणको काम अघि बढ्यो

Published on

काठमाडौं र पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत् विस्तारको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेस गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार इआईए स्वीकृतिको फाइल प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । सबै प्रक्रिया पूरा गरी इआईए स्वीकृतिको चरणमा रहेको भन्दै उहाँले त्यसपछि अन्य काम अघि बढाइने जानकारी दिनुभयो ।

उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं। ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरिएको निर्देशक आचार्यले बताउनुभयो । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ ।

संघ र प्रदेश सरकारले उद्योगको पूर्वाधार निर्माण गर्न लागेका हुन् । सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएका थिए । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो । सङ्घीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । अहिले विद्युत् विस्तार गर्न टेण्डर आह्वान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले विद्युत विस्तारको कामका लागि टेण्डर आह्वान गरेको हो । उद्योगसम्म विद्युत् विस्तार गरिनेछ । जसका लागि सङ्घीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कुशे यादवले बताउनुभयो । उहाँका अनुसार एक महिना अघि टेण्डर आह्वान गरिएको छ । यस्तै, प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले समेत उद्योग सञ्चालनका लागि सहयोग गरेको छ । मन्त्रालयअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइएको छ । मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले खानेपानी योजनाको ५० प्रतिशत काम मन्त्रालयले गर्ने बताउनुभयो । आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा काम अघि बढाउन समस्या भएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताउनुभयो । पूर्वाधार अभावकाबिच उद्योगको काम ठप्प भएको उहाँको भनाइ छ । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको उहााले जानकारी दिनुभयो ।

१४ अर्ब लागत अनुमान
दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । १४ अर्बभन्दा बढीको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा नं। ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...