कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

Published on

काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिनुभएको हो । उहाँले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गर्नुभएको हो । उहाँहरू गत वैशाखमा मात्रै मन्त्री बन्नुभएको थियो । उहाँहरूले पत्रकार सम्मेलन गरी आफ्नो कार्यप्रगति समेत सार्वजनिक गर्नुभएको छ । सुशासन प्रवर्द्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको अर्थमन्त्री वेदराज सिंहले जानकारी दिनुभयो ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन...

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...