मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र

Published on

काठमाडौं । ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रुपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिको मानपुरबाट खण्डमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँको सूचना अधिकारी ईन्जिनियर धनमाया मिश्रले बताउनुभयो । मिश्रका अनुसार घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक अस्फाल्ट प्रविधिको कालोपत्र हुनेछ । विसं २०५१ मा ट्रयाक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु।२२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र सुरु गरिएको कार्यालयले जनाएको छ । रु।३५ करोड १४ लाख ७४ हजार एकसय नौ रूपियाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु।१२ करोड २९ लाख ३२ हजार तीनसय १६ रूपियाँमा कालोपत्रको ठेक्का पाएको थियो ।

यस्तै, उक्त सडकको चौडाई सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...