एउटै ठाउँबाट तीन कार्यालयको सेवा

Published on

काठमाडौं । जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।

जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार गर्मी समय सुरु हुन थालेकाले बाहिर बस्न सक्ने अवस्था छैन । फराकिलो ठाउँ नभएपछि झ्यालबाट फाँटवाला कर्मचारीलाई सोध्नु पर्छ । शिक्षा विकास तथा समन्य एकाइ जाजरकोटका प्रमुख रमेश मल्लका अनुसार तीन वटा कार्यालयले एउटै भवनबाट सेवा दिने भएकाले कुन कार्यालयमा सेवा लिन सेवाग्राही आएका हुन् भन्ने थाहा नपाउने र सेवाग्राहीसमेत अलमलमा पर्ने बताउनुभयो ।

मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार भूकम्पअघि छ वटा कोठाबाट सेवा प्रवाह गरेको कार्यालयले भूकम्पपछि दुई वटा कोठाबाट सेवा दिँदै आएको छ । स्रेस्ता, मोठलगायत जनताका महत्वपूर्ण कागजात एउटा कोठामा थन्क्याइएको छ । अहिले दुई वटा कोठाबाट सेवा प्रवाह गरिँदै आएको छ । सरकारी कार्यालयका लागि पर्याप्त कोठा नभएपछि कठिन अवस्थामा जनताले मालपोत कार्यालयबाट पाउने सेवा पाएका छन् । सेवाग्राहीले सेवा लिन आएपछि खुला स्थानमा बस्नु परेको छ । भूकम्पअघि भाडाको घरबाट पाँच वटा कोठाबाट सेवा प्रवाह गरेको नापी कार्यालय भूकम्पपछि शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका दुई वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गर्दा कार्यालयलाई मात्र नभई सेवाग्राहीलाई समेत असहज भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मल्लले बताउनुभयो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...