गाडिएको अवस्थामा महिलाको शव फेला

Published on

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार सोही ठाउँका दसैंया मुखियाको ४८ वर्षीया श्रीमती रेश्मीदेवी मुखियाको शव गाडिएको अवस्थामा भेटिएको हो । रेश्मीको शव आफ्नै शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

रेश्मी मङ्गलवार देखी हराइ रहेकी थिइन । खोजतलास गर्दै जाँदा बुधवार राती शौचालय पछाडि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताउनुभयो । घटनास्थलको प्रकृति मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो । रेश्मीलाई उहाँकै श्रीमान् मुखियाले हत्या गरी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...