गाडिएको अवस्थामा महिलाको शव फेला

Published on

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार सोही ठाउँका दसैंया मुखियाको ४८ वर्षीया श्रीमती रेश्मीदेवी मुखियाको शव गाडिएको अवस्थामा भेटिएको हो । रेश्मीको शव आफ्नै शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

रेश्मी मङ्गलवार देखी हराइ रहेकी थिइन । खोजतलास गर्दै जाँदा बुधवार राती शौचालय पछाडि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताउनुभयो । घटनास्थलको प्रकृति मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो । रेश्मीलाई उहाँकै श्रीमान् मुखियाले हत्या गरी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...