ट्रान्सफर्मर चोरी घटना वृद्धि

Published on

काठमाडौँ । कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् । वडा सदस्य लक्ष्मी राउत कुर्मीलाई चार जनाको समूहमा रहेका चोरले बन्दुक तेर्साएर उहाँकै अगाडि विद्युत् ट्रान्सफर्मर चोरी गरेर लगेको सोही वडाका वडाध्यक्ष दीपेन्द्रप्रसाद कुशवाहाले बताउनुभएको हो ।

वडा सदस्य कुर्मीले आफ्नै बारीमा सोमबार राति मोटरबाट सिँचाइ गर्ने व्रmममा खाना खाएर राति १२ बजे निस्किएपछि घरनजिकै रहेको ट्रान्सफर्मर तल खसेको र त्यसबाट तेल चुहिँदै गरेको दृश्य देख्नेबित्तिकै आफूहरूलाई चोरको समूहले बन्दुक तेर्साएर सो ट्रान्सफर्मरभित्रका धातु लगेको बताउनुभयो । उहाँका अनुसार राति १२ बजे पोलबाट ट्रान्सफर्मर तल झारेको र हल्ला गरे मारिदिने धम्की दिएर आँखाअगाडि नै चोरी गरेर फरार भएका थिए । आफूहरूलाई उखुबारीमा लगेर छोडेको वडा सदस्य कुर्मीको भनाइ उद्धृृत गर्दै वडाध्यक्ष कुशवाहाले भन्नुभयो ।

सो वडामा अहिलेसम्म तीन वटा र कलैयाको वडा नं. १८, २१, २५ गरी एक महिनाको अन्तरालमा छ वटा ट्रान्सफर्मर चोरी भएको कुशवाहाले जानकारी दिनुभयो । ट्रान्सफर्मर चोरीको घटनामा विद्युत् कर्मचारीकै संलग्नता रहेको हुन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । यसै गरी करैयामाई गाउँपालिका–२ मा पनि एक साताअगाडि विद्युत् ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष सुरेन्द्र चौधरीले बताउनुभयो । अहिलेसम्म सो वडा अन्धकारमय बनेको छ । अर्को ट्रान्सफर्मर जडान गर्न विद्युत् प्राधिकरणको कार्यालयमा दैनिक धाउने गरेको उहाँले बताउनुभयो ।

केही दिनअगाडिदेखि नै जिल्लाका विभिन्न ठाउँबाट ट्रान्सफर्मर चोरी भएका छन् । तेलकुअवा चोकनजिकै रहेको व्रmसर उद्योगबाट, गञ्जभवानीपुर तथा बगड्मपुरमा सिँचाइका लागि जडान भएको ट्रान्सफर्मर, बिजुलपुर, सिसहनिया, मोतीसर, त्रिवेणी, विश्रामपुर र फेटामा ट्रान्सफर्मर चोरी भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा ट्रान्सफर्मर चोरीको घटना वृद्धि भएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, कलैयाका प्रमुख ऋषिकुमार वरनवालले स्वीकार्नुभयो । एक/दुई वर्षअगाडि चोरको एउटा समूह समातिएको थियो । त्यसपछि बन्द भएको चोरी घटना अहिले फेरि हुन थालेकाले प्रहरीसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...