काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रबाट अवैध लागूऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरीले गस्तीका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले दिनुभएको जानकारी अनुसार सुनसरीको उतरी क्षेत्र बराहक्षेत्र नगरपालिका १ को पटनाली खोलाबाट ९७ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
सशस्त्रले पटनाली खोलास्थित उत्तरतर्फबाट खोलाको बाटो हुँदै दक्षिण चतरा धरान सडक खण्डतर्फ जाँदै गरेको अपरिचित व्यक्तिहरुले जेबरा झोलामा ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको जनाएको छ ।
सशस्त्रले ९७ केजी प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने (वनस्पति) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको टोलीले गाँजा फाली फरार भएको थियो । गाँजा बोक्ने व्यक्ति फरार हुँदा उक्त गाँजा बरामद गरी सुरक्षा वेश चतराले नेपाल प्रहरीलाई बुझाउ प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । गोरखापत्र