बराहक्षेत्रबाट ९७ केजी गाँजा बरामद

Published on

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रबाट अवैध लागूऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरीले गस्तीका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले दिनुभएको जानकारी अनुसार सुनसरीको उतरी क्षेत्र बराहक्षेत्र नगरपालिका १ को पटनाली खोलाबाट ९७ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

सशस्त्रले पटनाली खोलास्थित उत्तरतर्फबाट खोलाको बाटो हुँदै दक्षिण चतरा धरान सडक खण्डतर्फ जाँदै गरेको अपरिचित व्यक्तिहरुले जेबरा झोलामा ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको जनाएको छ ।

सशस्त्रले ९७ केजी प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने (वनस्पति) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको टोलीले गाँजा फाली फरार भएको थियो । गाँजा बोक्ने व्यक्ति फरार हुँदा उक्त गाँजा बरामद गरी सुरक्षा वेश चतराले नेपाल प्रहरीलाई बुझाउ प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...