नेपालगन्जमा मिर्गौला दिवस मनाइयो

Published on

काठमाडौं । नेपालगन्जमा मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकिय अभ्यासु भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहिबार मनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान नगरमा प्रभातफेरी आयोजना गरेको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पछिल्लो समयमा मिर्गौला रोग पनि धेरै जनामा देखिन थालेकोले सो बाट जोगिने उपाय र सचेतनाका कार्यक्रमसहित उपचारमा पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवन रायमाझीले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने धारणा राख्दै समय समयमा मिर्गौला सम्बन्धी परीक्षण र खानपिनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका नेफ्रोलोजिष्ट डा सौरभ हमाल लगायतले मिर्गौला रोगबाट जोगिने उपायबारे आफ्नो धारणा राख्नुभयो । सोही प्रकारले भेरी अस्पतालले पनि मिर्गौला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । अस्पतालबाट सुरु भएको प्रभातफेरी सुर्खेत रोडको गणेशमा चोक, बिपि चोक त्रिभुवन चोक हुँदै भेरी अस्पतालमा पुगेर समापन भएको भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा पारश श्रेष्ठले जानकारी दिनुभयो । प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रायमाझी, मेडिसिन बिभाग प्रमुख डा राजन पाण्डे, नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ लगायतको सहभागता थियो । सो अवसरमा आयोजित कार्यक्रममा पनि चिकित्सकहरुले विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिएको जनाउनुभयो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...