सिधनियाघाटमा सरसफाइको अभियान

Published on

काठमाडौं । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान शनिवारबाट आठौं हप्तामा प्रवेश गरेको छ । नेपालगन्जमा विभिन्न सामाजिक कार्यमा क्रियाशील संस्था ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ र ‘नेपालगन्ज ग्यालरी’ ले सुरु गरेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान आठौं हप्तामा प्रवेश गरेको हो ।

सो संस्थामा आवद्ध युवाहरुले हरेक शनिवारका दिन राप्ती नदीको सिधनियाघाट पुगेर सरसफाइ गर्दै आउनुभएको छ । उक्त घाटमा मानिसको मृत्युपश्चात् हिन्दु परम्पराअनुसार मानिसको अन्त्येष्टि गरिदै आइएको छ । सो स्थानमा दैनिकजसो मानिसको अन्त्येष्टि गरिदा जम्मा हुने फोहोरजन्य बस्तुले घाट फोहोर हुने गरेको छ । अभियानका सदस्य एवं नेपालगन्ज ग्यालरीका एड्मिन महेश श्रेष्ठले दाहसंस्कार गर्दा हुने फोहोर र राप्ती नदीमा हिन्दु धर्मावलम्बी तिर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाष्टिकका थैला, फूलमाला लगायत अन्य फोहोरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै क्रियाशील युवाहरुले नदी क्षेत्रको सरसफाइमा निरन्तर जुटिरहेको बताउनुभयो ।

नदी वरपर देखिने फोहोरले नदीलाई कुरुप मात्र नभइ फोहोरबाट हुने दुर्गन्धले वातावरणलाई नै असर गरिरहेको भन्दै वातावरण स्वच्छ र स्वस्थ राख्न प्रत्येक शनिवार सरसफाइ अभियान स्वःस्फूर्त ढङ्गले युवाहरुको सक्रियतामा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ अभियानका संस्थापक डा। विनोद कर्णले राप्ती नदी धार्मिकस्थलका रुपमा मात्र नभएर आन्तरिक पर्यटकीय क्षेत्र पनि भएकाले यसको सरसफाइमा अभियान नै सञ्चालन गरेको बताउनुभयो । तीन–चार बर्ष अगाडिदेखि नै ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ ले विभिन्न संघ संस्थाको सहभागीतामा नेपालगन्ज बजारमा साप्ताहिक रुपमा सरसफाइ गर्ने अभियान नै सञ्चालन गरेको थियो ।

नेपालगन्ज बजारमा बोटविरुवा लगाउने, टोल तथा सडकहरु सरसफाइ गर्नेलगायतका विभिन्न कार्यहरु गर्दैआएको ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ ले राप्ती नदीको सिधनियाघाटलाई पनि सफा बनाउनुपर्छ भन्ने उद्देश्यका साथ उतिबेला देखिनै उक्त स्थान सरसफाइ गर्ने अभियान सञ्चालन गरे पनि केही हप्ता सञ्चालन गरेपछि विविध कारणले गर्दा निरन्तरता दिन नसक्दा बिचमा छोड्नुपरेको सामाजिक अभियन्ता डा। कर्णले बताउनुभयो । क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज र नेपालगन्ज ग्यालरीका क्रियाशील युवाहरुले पुनः राप्ती नदीको उक्त घाटलाई सरसफाइ अभियान सञ्चालन गरेर अहिले निरन्तर आठौं हप्तासम्म पुगाएका हुन् । सरसफाइ अभियानमा विभिन्न संघ संस्थाको साथ र सहयोग रहँदैआएको अभियन्ता महेश श्रेष्ठले बताउनुभयो । नदीको सो घाटबाट सङ्कलन गरिएका फोहोरलाई प्लाष्टिकको बोरामा राखेर स्थानीय वडापालिकासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्दैआएको श्रेष्ठले बताउनुभयो । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्वतिर राप्तीसोनारीको वडा ६ र पश्चिमतिर डुडुवाको ४ र ५ नं। वडा पर्दछन् । पश्चिमतर्फ नदीको छेउँमा तीर्थव्रत गर्नेको भीड लाग्ने गर्दछ भने नदीको दुबैतर्फ दाहसंस्कार गर्ने गरिन्छ ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...