अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

Published on

काठमाडौं । अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।

अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो । सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ । जोखिमका हिसाबले तेस्रो तहको आँधीका रूपमा वर्गीकरण गरिएको यो मौसमी विपत्तिका कारण उक्त क्षेत्रमा १७० देखि २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जनाएको छ । विपद् व्यवस्थापनमामिला मन्त्री मुरे वाटले भन्नुभयो, “खराब मौसमले गर्दा सोमबार प्रभावित क्षेत्रबाट नागरिकलाई खाली गर्ने काममा कठिनाई भएको थियो । थप जनशक्ति तैनाथ गरी प्रभावित क्षेत्रमा आज उद्धारकार्य जारी राखिनेछ ।” राससरएएफपी

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...