विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण

Published on

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । नेपाली खेलाडीले सेमी प्रो स्पर्धामा स्वर्ण जितेको यो पहिलो पटक हो । विश्व च्याम्पियनसिपको आठौँ सहभागितामा गुणराज स्वर्ण जित्न सफल हुनुभएको हो । यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले सन् २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । पलिस्था र सञ्जयले एमेच्योरतर्फ स्वर्ण जित्नुभएको थियो । विश्व च्याम्पियनसिपको १९औँ संस्करणमै परिका बतासले पनि स्वर्ण जित्नुभएको छ । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई हराउँदै स्वर्ण जित्नुभएको हो । यस्तै एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्तीमगरले कांस्य जितेको मुवाँथाई सङ्घले जनाएको छ ।

ताजा समाचार

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...