विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण

Published on

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । नेपाली खेलाडीले सेमी प्रो स्पर्धामा स्वर्ण जितेको यो पहिलो पटक हो । विश्व च्याम्पियनसिपको आठौँ सहभागितामा गुणराज स्वर्ण जित्न सफल हुनुभएको हो । यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले सन् २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । पलिस्था र सञ्जयले एमेच्योरतर्फ स्वर्ण जित्नुभएको थियो । विश्व च्याम्पियनसिपको १९औँ संस्करणमै परिका बतासले पनि स्वर्ण जित्नुभएको छ । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई हराउँदै स्वर्ण जित्नुभएको हो । यस्तै एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्तीमगरले कांस्य जितेको मुवाँथाई सङ्घले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...