जबरजस्ती रङ दल्नेलाई होलीमा कारबाही हुने

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।

सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाउन आग्रह गरिएको छ । होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ ।

साथै कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गरिएको जनाउँदै सोही बमोजिम गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गर्न मातहतलाई कडा निर्देशन दिएको पनि बताउनुभयो । होलीमा नगरका विभिन्न ठाउँमा जडान गरिएका सिसीटीभी क्यामराबाट पनि निरन्तर निगरानी गरिने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर निगरानी बढाउने भएको छ । गोरखापत्र

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...