जबरजस्ती रङ दल्नेलाई होलीमा कारबाही हुने

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।

सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाउन आग्रह गरिएको छ । होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ ।

साथै कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गरिएको जनाउँदै सोही बमोजिम गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गर्न मातहतलाई कडा निर्देशन दिएको पनि बताउनुभयो । होलीमा नगरका विभिन्न ठाउँमा जडान गरिएका सिसीटीभी क्यामराबाट पनि निरन्तर निगरानी गरिने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर निगरानी बढाउने भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...