अन्य कारण र डढेलोले १६ घर जले

Published on

काठमाडौं । ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट सोह्र वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार सुख्खा मौसमसँगै वनमा लागेको डढेलो, भान्साकोठा र विद्युत् सर्ट भएरजस्ता कारणबाट आगलागी भई उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।

सुख्खा मौसमसँगै हिउँदभर वर्षा नभएकाले डढेलो र आलगालीका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनयता मङ्गलबारसम्ममा वनमा लागेको डढेलोको आगोले १२ वटा र अन्य कारणबाट सुरु भएको आगोले चारवटा घर जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण चैतको पहिलो साताको अवधिमा मात्र ११ वटा घर जलेर नष्ट भएको प्रहरीको तथ्याङ्क छ । यस्तै चैतमा एक घर अन्य कारणबाट सुरु भएको आगोले जलेको छ भने गएको फागुन महिनामा डढेलोले एक घर र अन्य भान्सा कोठा तथा विद्युत् सर्ट भएर सल्केको आगोले तीनवटा घर नष्ट भएको छ ।

यसरी डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेर नस्ट भए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । उहाँका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीहरु आगलागी भएका कारण केही पशुपन्छी जलेका छन् । अधिकांस आगलागी घटनाका क्षतिको प्रारम्भिक विवरण आए पनि यथार्थ विवरण आइनसकेको उहाँले जानकारी दिनुभयो । यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एक दर्जन ठाउँका वनमा डढेलो लागेको छ । राष्ट्रिय तथा सामुदायिक वनहरुमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै वन्यजन्तुलाई असर पुगेको छ भने सूक्ष्म जीवहरु जलेर नष्ट भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने लामो खडेरीका कारण करिब चार दर्जनको हाराहारीमा विभिन्न क्षेत्रका वनमा डढेलो लागेको बताउनुभयो । उहाँले फागुनदेखि चैत महिनाको पहिलो हप्ता सम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको जानकारी दिनुभयो । पछिल्लो समय डढेलोका घटना वृद्धि हुने क्रम रहेकोमा मङ्गलबारदेखि पानी पर्न थालेकाले डढेलो नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...