‘राइट टु प्रोटिन’ दौड शनिबार

Published on

काठमाडौं । नेपाल भेटनरी सङ्घको आयोजनामा तेस्रो संस्करणको ‘राइट टु प्रोटिन’ दौड शनिबार हुने भएको छ । दौडमा सात हजार १९ जनाको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु हुने दौडको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । दौड काठमाडौँका विभिन्न स्थानहुँदै पुनः रङ्गशालामा पुगेर सकिनेछ । प्रतियोगितामा हाफ म्याराथन खुला, पुरुष १० किमि, महिला पाँच किमि, कक्षा १२ सम्मका विद्यार्थी छात्रका लागि पाँच किमि र छात्राका लागि तीन किमि तथा ह्वीलचियर दौड समावेश गरिएको छ । प्रतियोगितामा कूल पुरस्कार राशी १४ लाख १२ हजार पाँच सय रुपियाँ रहेको र हाफ म्याराथनको विजेतालाई एकलाख ३३ हजार ३३३ रुपियाँ प्रदान गरिनेछ । यस्तै म्याराथनमा शीर्ष पाँचमा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

युनाइटेड स्टेट सोयाबिन एक्पोर्ट काउन्सिलले प्रायोजनमा गरेको प्रतियोगितालाई नेपाल दाना सङ्घ र पशु सेवा विभाग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत संस्थाले सहयोग गरेको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा रहेको छ । अघिल्लो संस्करणको उपाधि पुरुषतर्फ दिनेश अधिकारी र महिलातर्फ फुलमती रानाले जित्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...