सात महिनामा ५३९ क्षयरोगी थपिए

Published on

काठमाडौं । स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका एवं अन्य संस्थाको समन्वयमा आइतबार नेपालगन्जमा विभिन्न कार्यक्रम गरेर क्षयरोग दिवस मनाइएको छ । जिल्लामा क्षयरोगीका सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको जनाउँदै त्यसबारे गम्भीर चिन्ता प्रकट गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पछिल्लो समय बाँकेमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको पाइएकाले चिन्ता थपिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको सात महिनामा मात्र बाँकेमा ५३९ जना नयाँ क्षयरोगी भेटिएको जनाउँदै यो सङ्ख्याले निकै चिन्तित बनाएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रवीन्द्रकुमार साहका अनुसार सात महिनामा भेटिएका ५३९ क्षयरोगीमध्ये सबैभन्दा बढी १६३ जना नेपालगन्जमा छन् । सबैभन्दा कम नरैनापुरमा २६ जना भेटिएका छन् । उहाँका अनुसार चालु आवमा क्षयरोग पुष्टि भएकामध्ये छ जनामा एचआइभी पोजेटिभ रहेको पाइएको र अघिल्लो आव २०७९र८० मा बाँकेमा एक हजार १०२ जना क्षयरोगी भेटिएकामा नेपालगन्जमा सबैभन्दा बढी ३३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षयरोगबारे बढीभन्दा बढी सर्वसाधारणलाई सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुने छ । क्षयरोगको पहिचान, उपचार र निदानका लागि परीक्षण बढाउँदै लग्नुपर्ने हुन्छ ।”

नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा क्षयरोग देखिएको छ । कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिममा पर्ने चिकित्सकको भनाइ छ । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । लगातार दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुन सक्ने चिकित्सकको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...