न्युरो सेवा प्रभावित डाक्टर नहुँदा

Published on

काठमाडौं । चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा।निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किनुभएको छ । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर भएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्यूरोलोजिस्ट डा।ओमविक्रम शाह, डा।प्रभात झा, डा।सुतप यादव र डा।चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा।प्रभात र डा।चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसक्नुभएको छ । अहिले प्रभात नारायणी अस्पताल पर्सामा हुनुहुन्छ भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत रहनुभएको छ ।

त्यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर हुनुभएका डाक्टरद्वय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर हुनुभएको छैन । जसका कारण अस्पतालको न्युरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक डा।डम्बर खड्काले बताउनुभयो । ‘‘मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उहाँहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन आउनुभएको छैन,’’ डा।खड्काले भन्नुभयो । डा। खड्काका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको सङ्ख्यामा सघन अप्रेसन गर्नुपर्ने हुन्छ । दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न समेत बाहिर पठाउनुपर्ने बाध्यता छ ।

ताजा समाचार

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...

भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...