तरकारीको बिउ र स्याउका बिरुवाको बिउ वितरण किसानलाई

Published on

काठमाडौं । बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ सहयोग गरिएको हो । व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि ती सामग्री निःशुल्क प्रदान गरिएको हो ।

सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताउनुभयो । उहाँले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ र सामग्री निःशुल्क पाएको बताउँदै त्यसबाट व्यावसायिक खेतीतर्फ आफू लागेको बताउनुभयो । आफ्नो जग्गामा खाल्डो खनेर तयार पारेपछि स्याउका बिरुवा पाउँदा लगाउन सजिलो भएको बताउँदै लगाएका बिरुवालाई पानी हाल्न पनि सहज भएको उहाँको भनाइ रहेको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभरिका १६० जना किसानलाई प्रतिकिसान ३० बोट स्याउ, १० प्रकारका तरकारीको उन्नत बिउ, हजारी र गार्डेन पाइप सहयोग गरिएको बताउनुभयो । यो सहयोग पाउने सबै छनोट भएका बेरोजगार किसान रहेका छन् ।

फलफूल पकेट क्षेत्रको विकास गर्नका लागि ठुलो सङ्ख्यामा किसानलाई स्याउका बिरुवा सहयोग गरेर यसको व्यावसायिक खेती सुरु गर्न थालिएको उहाँले बताउनुभयो । यसअघि स्याउका बिरुवा मात्र सहयोग गर्दा त्यसलाई संरक्षण गर्न कठिन भएको किसानको गुनासो आएपछि यस वर्षबाट हजारी र पाइप पनि सहयोग गरिएको हो । बेरोजगार किसानलाई चार हजार आठ सय स्याउका बिरुवा सहयोग गरिएको छ । स्याउका बिरुवा लगाएको जग्गामा तरकारी खेती गर्नका लागि बिउ सहयोग गरिएको उहाँले बताउनुभयो । स्याउका बिरुवाबाट कम्तीमा पाँच वर्षपछि मात्र फल आउने भएको कारण उक्त जग्गामा तरकारी खेती गरेर पनि किसानले आम्दानी गर्न सकोस् भन्नका लागि बिउ वितरण गरिएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...