किसुनजी स्मृति हाफ म्याराथनमा पुष्पा र विजय च्याम्पियन

Published on

काठमाडौं विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।

विजयले निर्धारित दूरी एक घण्टा सात मिनेट ५६ सेकेन्डमा पूरा गर्नुभयो । १३औँं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी एक घण्टा आठ मिनेट २५ सेकेन्ड समयमा दौड सक्दै दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ ९यु–२०० एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव एक घण्टा ११ मिनेट ३३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा महिलातर्फ पुष्पाले निर्धारित दूरी एक घण्टा २३ मिनेट पाँच सेकेन्डमा तय गर्नुभयो । राममाया बुढाले एक घण्टा ३३ मिनेट १२ सेकेन्डमा दौड सक्दै दोस्रो र एक घण्टा ३५ मिनेट ४४ सेकेन्डमा दौड सक्दै शुशान कार्की तेस्रो हुनुभयो । पुरुषरमहिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

पुरुष पाँच किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९।१० सेकेन्ड समयसाथ पहिलो हुनुभयो । विकेश घिमिरे ९१८ मिनेट ३९।२६ सेकेन्ड० दोस्रो तथा नकुल घर्ती ९१८ मिनेट ४३।५६ सेकेन्ड० तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७।३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो हुनुभयो । २६ मिनेट ०९।३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोस्रोे तथा ३२ मिनेट ३४।३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो हुनुभयो । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले पाँच हजार रुपियाँ पुरस्कार पा्रप्त गर्नुभयो । विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । सो असवरमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...