किसुनजी स्मृति हाफ म्याराथनमा पुष्पा र विजय च्याम्पियन

Published on

काठमाडौं विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।

विजयले निर्धारित दूरी एक घण्टा सात मिनेट ५६ सेकेन्डमा पूरा गर्नुभयो । १३औँं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी एक घण्टा आठ मिनेट २५ सेकेन्ड समयमा दौड सक्दै दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ ९यु–२०० एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव एक घण्टा ११ मिनेट ३३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा महिलातर्फ पुष्पाले निर्धारित दूरी एक घण्टा २३ मिनेट पाँच सेकेन्डमा तय गर्नुभयो । राममाया बुढाले एक घण्टा ३३ मिनेट १२ सेकेन्डमा दौड सक्दै दोस्रो र एक घण्टा ३५ मिनेट ४४ सेकेन्डमा दौड सक्दै शुशान कार्की तेस्रो हुनुभयो । पुरुषरमहिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

पुरुष पाँच किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९।१० सेकेन्ड समयसाथ पहिलो हुनुभयो । विकेश घिमिरे ९१८ मिनेट ३९।२६ सेकेन्ड० दोस्रो तथा नकुल घर्ती ९१८ मिनेट ४३।५६ सेकेन्ड० तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७।३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो हुनुभयो । २६ मिनेट ०९।३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोस्रोे तथा ३२ मिनेट ३४।३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो हुनुभयो । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले पाँच हजार रुपियाँ पुरस्कार पा्रप्त गर्नुभयो । विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । सो असवरमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...