पैँतिस लाखको कारोबार हर्टिकल्चर एक्स्पोमा

Published on

काठमाडौं । नर्सरी व्यवसायी सङ्घको आयोजनामा दुई दिनदेखि जारी नेसनल हर्टिकल्चर एक्स्पो–२०८० लाई १५ हजार जनाले अवलोकन गरेका छन् भने ३५ लाख रुपियाँ बराबरको करोबार भएको छ ।

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको सो एक्स्पोमा पुष्प र नर्सरीका विभिन्न स्टल राखिएका छन् । अवलोकतनकर्ताले सबभन्दा जडीबुटीमा चासो लिएको संघका अध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिनुभयो । जडीबुटीको बोटबिरुवाप्रति अवलोकनकर्ताले बढी चासो लिएको र खरिद पनि गरेको उहाँले बताउनुभयो । चैत १९ गतेसम्म चल्ने एक्स्पोको वन तथा वातावरणमन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको थियो । मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीवितरणका लागि राखिएको छ । एक्स्पोमा ७४ वटा व्यावसायिक स्टल, चार वटा फुड स्टल, सात वटा अफिसियल स्टल तथा पाँच वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ९० वटा स्टल रहेको सङ्घका उपाध्यक्ष एवं एक्स्पोका संयोजक रामजी कुँवरले जानकारी दिनुभयो । मेलालाई कम्तीमा ५० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान रहेको उपाध्यक्ष कुँवरले बताउनुभयो । मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरू समेत हुने बताइएको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...