एमाले पाँचथरमा सापकोटा

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।

अधिबेशनमा अध्यक्ष र सचिवसहित बहुसंख्यक सदस्य सर्वसम्मत भए पनि उपाध्यक्ष, उपसचिव र ५ जना खुल्ला सदस्य निर्वाचन प्रक्रियाबाट चुनिनु भयो । निर्वाचन प्रक्रियाबाट उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ, उपसचिवमा तुलसी थापा र कौशिला आङदेम्वे, खुला सदस्यमा नवराज अधिकारी, खगेन्द्र बाँस्कोटा, कृष्ण ओझा, बिनोद आङदेम्वे र राजु थाम्सुहाङ निर्वाचित हुनुभएको निर्वाचन समितिका सूचना अधिकारी टीका तिम्सिनाले बताउनुभयो । नव निर्वाचित अध्यक्ष सापकोटा गत पुस महिनादेखि एमाले पाँचथरको कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । जिल्ला कमिटिमा अब १५ जना सदस्य मनोनित हुने वैधानिक व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...