एमाले पाँचथरमा सापकोटा

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।

अधिबेशनमा अध्यक्ष र सचिवसहित बहुसंख्यक सदस्य सर्वसम्मत भए पनि उपाध्यक्ष, उपसचिव र ५ जना खुल्ला सदस्य निर्वाचन प्रक्रियाबाट चुनिनु भयो । निर्वाचन प्रक्रियाबाट उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ, उपसचिवमा तुलसी थापा र कौशिला आङदेम्वे, खुला सदस्यमा नवराज अधिकारी, खगेन्द्र बाँस्कोटा, कृष्ण ओझा, बिनोद आङदेम्वे र राजु थाम्सुहाङ निर्वाचित हुनुभएको निर्वाचन समितिका सूचना अधिकारी टीका तिम्सिनाले बताउनुभयो । नव निर्वाचित अध्यक्ष सापकोटा गत पुस महिनादेखि एमाले पाँचथरको कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । जिल्ला कमिटिमा अब १५ जना सदस्य मनोनित हुने वैधानिक व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ । गोरखापत्र

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...