निःशुल्क रुपमा नानी प्रत्यारोपण

Published on

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क रूपमा सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा सेवाको उद्घाटन गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपणका लागि कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यमन्त्री राजु खनालले आँखामा लाग्ने चोटका कारण नागरिकले दृष्टि गुमाउने समस्या समाधानका लागि आँखाको नानी प्रत्यारोपण सेवा निःशुल्क गरिएको बताउनुभयो । उहाँले प्रदेशका पाँचवटा आँखा अस्पतालमा निःशुल्क रूपमा प्रत्यारोपण सेवा सुरु गरिएको बताउनुभयो । मन्त्री खनालले आँखा उपचारको सन्दर्भमा लुम्बिनी प्रदेशमा रहेका आँखा अस्पतालमा छिमेकी मुलुकबाट समेत उपचार गर्न आउने केन्द्रका रूपमा विकास भइरहेको बताउनुभयो । स्वास्थ्यमन्त्री खनालले प्रदेशमा रहेका आँखा अस्पतालमा आँखा, कान र नाक विशिष्टीकृत सेवा सुरु गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री खनालले प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया र क्यान्सरका रोगीलाई दुई लाख रुपियाँ उपलब्ध गराउँदैआएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर उच्च रहेकाले त्यसलाई घटाउन सङ्घ, प्रदेश र सङ्घ सरकारबिच आवश्यक समन्वय, सहकार्यको खाँचो रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पालिकाले उज्यालो कार्यक्रमअन्तर्गत मोतियाबिन्दु भएका नगरवासीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको बताउनुभयो ।

आँखा उपचारका लागि राप्ती आँखा अस्पताललाई प्रदेशकै नमुना आँखा अस्पतालका रूपमा विकास गर्न पालिकाबाट निरन्तर सहयोग भइरहेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। जनार्दन पन्थीले आँखा अस्पतालका लागि आँखा उपचारमा सहयोग पुग्ने फेको मेसिन हस्तान्तरणको तयारी भइरहेको बताउनुभयो । राप्ती आँखा अस्पताल नेत्र अधिकृत शालिकराम गौतमले अस्पतालले दुई वर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्दैआएको बताउनुभयो । गौतमका अनुसार हालसम्म दुईसय जनाको आँखा नानी प्रत्यारोपण गरिएको छ । नानीको प्रत्यारोपण गर्न एउटा आँखाको २४ हजार रुपियाँ खर्च लाग्नेगरेको छ । लुम्बिनी प्रदेश सरकारका नागरिकको सवालमा निःशुल्क रूपमा आँखाको नानी प्रत्यारोपण गरिने भएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...