आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

Published on

काठमाडौं । नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८\३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरेपनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सकेको थियो । आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभयो । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाउनुभयो । पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२\१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिनुभयो । यस्तै साहब आलम र मौसम ढकालले दुईरदुई विकेट लिनुभयो । साथै रिजन ढकालले एक विकेट झार्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...