गाउँमा म्याद गुज्रेका सामान विक्री

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारका लक्ष्मण बरुवालले पसलमा बिक्रीका लागि राखेको म्याद सकिएको मैदाको चार बोरा तीन महिनाअघि फेला परेको थियो ।

बरुवालले सो मैदाका बेरा तीन दिनअघि मात्र बेनीको एक व्यापारीबाट खरिदगरी लैजानु भएको थियो । मैदा मात्र होइन, उहाँका पसलमा पछिल्लो एक हप्तामा खरिद गरेका अन्य सामान पनि म्याद नाघेका भेटियो । बरुवालको पसलमा मात्र होइन, घारका अधिकांश पसलमा बेनीका होलसेल व्यवसायीले म्याद नाघेका सामग्री बिक्री गरेको पाइएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी बेनीका व्यवसायीले म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरु गाउँमा पठाउनेगरेको यसअघि पनि फेला परेको थियो । घारमा मात्र होइन जिल्लाको अन्य ग्रामीण भेगमा पनि अनुगमनका क्रममा म्याद नाघेका वस्तु फेला परेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधिलगायतको टोलीले घार र खिवाङका १५ किराना पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले उपभोग्य मिति समाप्त भएका ७५ हजार रुपियाँ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ । पसलको अनुगमनका क्रममा म्याद नाघेको दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय बेनीका प्रमुख पोषनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘व्यवसायीले तीन दिनअघि खरिद गरेर ल्याएको भन्नुहुन्छ, तर तीन महिना अगावै सामानको उपभोग्य मिति नाघेको छ । तीन दिनअघि सामान खरिद गरेको हामीले बिल पनि भेटायौं । बेनीका ठूला व्यवसायीले गाउँमा म्याद नाघेका सामान पठाउनेगरेको यो बलियो प्रमाण हो ।’ अनुगमनको क्रममा अत्यधिक मात्रामा म्याद नाघेका खाद्य सामग्री बिक्री वितरण हुुने गरेको भेटिएको उहँले बताउनुभयो । खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, विस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायतका खाद्य र पेय पदार्थका सामग्री म्याद नाघेको भेटिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

जफत गरिएका सामानहरु जिल्लास्थित सरोकारवालाको रोहवरमा नष्ट गरिने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले यसअघि समेत आफ्नो बजार क्षेत्रमा नियमित रुपमा बजार अनुगमन गर्दैआएको छ । यसअघिको अनुगमनका क्रममा व्यवसायीलाई सचेत गराइएको र कमजोरी सुधार नगरेका कारण पसलमा बिक्री वितरणका लागि राखिएका म्याद नाघेका खाद्य सामग्री जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । हामीले यसअघि सचेत गराएका थियौँ, तर व्यवसायीले उपभोक्ताको हितविपरित म्याद नाघेका सामान खुलमखुला बिक्री गर्ने काम नरोकेपछि छड्के अनुगमन गरेका हौँ, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, ‘‘बेनीमा रहेका ठूला होलसेल पसलेहरुले ग्रामीण भेगमा वसोवास गर्ने सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गरेका छन् । अटेर गरे कानुनी कारबाहीका लागि पनि गाउँपालिका अघि बढ्छ । अनुगमनको क्रममा व्यवसायीले बेनीका सप्लायर्सहरुले नै म्याद नाघेका र म्याद सकिन लागेका सामग्री पठाउने गरेको स्थानीय व्यवसायीले गुनासो गरेका थिए । घारका अधिकांश पसलले बेनीस्थित कालीपुलमा रहेको बिक्की बदर्शबाट सामान ल्याउने गरेको र सप्लायर्सबाट नै म्याद नाघेका सामान आउनेगरेको घारका व्यवसायी लक्ष्मण बरुवालले बताउनुभयो

उहाँले भन्नुभयो, ‘‘हामीले सामान पठाइदिन भन्छौं, बेनीका व्यवसायीले म्याद सकिएका सामान पठाउने गरेका रहेछन् । होलसेल व्यवसायीको विश्वासमा परियो । कुन सामानको कहिलेसम्म म्याद छ भनेर हामीले पनि हेर्ने गरेका छैनौं । अनुगमनको क्रममा व्यवसायीमा सामान खरिद गर्दा अपनाउनुपर्ने सजगता नभएको र बेनीका सप्लायर्सले म्याद गुज्रिने समयका सामान गाउँतिर पठाउने गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख शर्माले जानकारी दिनुभयो । कार्यालयले स्थानीय तहसँग समन्वय र सहकार्य गरी बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...