संसद अवरुद्ध बारे सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्दै

Published on

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।

बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरुसँग छलफल गर्न लागिएको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले आज दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको सचिवालयका सदस्यहरुको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेछ । सो अघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । विहान ८ः३० बजेदेखि कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको कांग्रेस नेताहरुको भनाइ छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...