टुँडिखेलमा मनाइने घाेडेजात्रा सम्पन्न

Published on

काठमाडौं । प्रत्येक वर्षकाे चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सम्पन्न भएको छ ।
परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथि भएकाे विजयको स्वरुप घाेडेजात्रा मनाउने गरिएकाे हो । परापूर्वकालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिका खाइदिने गरेको किंवदन्ती छ । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरू खोज्न थालेका थिए ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ । सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। यो पर्व काठमाडौँ उपत्यकाको प्रचलित प्राचीन जात्रामध्येको एक मानिन्छ । 

यसै अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, सो–जम्प, ड्रिल राइड, क्रस टेण्ट पेगिङ्, सुइरो, स्वर्ड एण्ड वाटर मेलन एक्रोब्याटिस,  म्युजिकल राइड, क्रसकन्ट्री जम्प प्रदर्शन समेत गरेको छ । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...