रामधुनी जाने सडकको स्तरोन्नतिको काम सुरु

Published on

काठमाडौं । पूर्वकै धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम थालिएको छ । झुम्का सिङ्गीया लालपुर हुँदै रामधुनी मन्दिर पुग्ने सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।

कोशी प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटबाट सडकको स्तरोन्नतिका काम सुरु गरिएको छ । झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्टा खुल्टी परेर बिग्रिदा मन्दिरमा आउने तीर्थयात्री र स्थानीय हरुलाई समस्या हुने गरेको थियो । रामधुनी नगरपालिकाले आफ्नो आन्तरिक श्रोतको एक करोड ५० लाख बजेट छुट्याए पनि ठेक्कामार्फत् १ करोड १४ लाख ५३ हजार १ सय ८४ रुपियाँ दश पैसाबाट रामधुनी ४ को बैठार चौकदेखि १८ सय ५० मिटर सडक कालो पत्रे गर्ने काम सुरु गरिएको वडा नम्वर ४ का वडाध्याक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार रामधुनी मन्दिर जोड्ने लक्ष्यका साथ सडक कालो पत्रे गर्ने काम ठेक्कामार्फत् सुरु भएको छ । क्रमगत योजनाबाट सडकको कामलाई सुरु गरेका छौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् रामधुनी मन्दिरसम्म बिग्रिएको सडक कालो पत्रे गरिने छ ।

अहिले बन्ने सडकको बेस साढे चार मिटर र कालो पत्रे चार मिटरको हुने वडाध्याक्ष कार्कीले बताउनुभयो । सडकको बेसको थिगनेस चार सेन्टीमिटर हुने बताइएको छ । सडकको ठेक्का अमाह जलकन्या कन्स्ट्रक्सन प्रालि वराहक्षेत्र ५, सुनसरीले ठेक्का पारेर सडकको काम गर्दै आएको छ । सडक २०८० चैत २१ गते काम सुरु गरेर २०८१ असार १० गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता भएको रामधुनी नगरपालिकाले जनाएको छ । रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार रामधुनी मन्दिरमा आउने बाटो बिग्रिदा दर्शन गर्न आउने आन्तरिक र वाह्य तीर्थयात्री हरुलाई समेत समस्या हुने गरेको थियो । प्रकाशपुर, राजावास, सालवनी, इक्राइका स्थानीय हरुलाई पूर्व पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दुरीको सडकको स्तरोन्नति नहुँदा तीर्थयात्री र स्थानीहरुलाई समस्या हुने गरेको थियो । रामधुनी मन्दिर आफ्नै किसिमको महत्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित रहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्याक्ष रामप्रकाश कोइरालाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...