टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग

Published on

काठमाडौं । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेश गर्नुभएको छ ।

सांसद मास्कीले मन्त्री पुनलाई आइतबार सो मागपत्र पेस गर्दै सङ्घीय सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सो विमानस्थल स्तरवृद्धिको आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्न माग गर्नुभएको हो । टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश राजधानीको एउटा महत्त्वपूर्ण संरचना रहेकाले यसको विस्तार आवश्यक रहेको भन्दै अर्थमत्री पुनलाई ध्यानाकर्षण गराएको सांसद मास्कीले राससलाई जानकारी दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पुनले टरिगाउँ विमानस्थलका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको पनि सदस्य मास्कीले बताउनुभयो।

यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने रु १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ । धावनमार्गलाई ७२ सिटे जहाज बस्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने र नियमित उडान गरी भाडादर कम हुनुपर्ने माग स्थानीयको रहेको छ । यो विमानस्थल दाङको समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य मास्कीको भनाइ छ । विसं २०११ देखि सुरु भएको नेपालकै पुरानोमध्येको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा स्थानीयलाई असुविधा भएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...