पापुङमा एक घर जलेर नष्ट

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।

पापुङ, किलिङ टोलका लामाको ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको घर आगलागी हुँदा करिव सात लाख रुपियाँ बढी मूल्य बराबरको धनमाल जलेर नस्ट भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट भएको उहाँले बताउनुभयो । यता क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । आगलागीको कारण नखुलेको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

थारू हस्तकला बनाउन सिकाइँदै

काठमाडौं । थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ ।...

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

काठमाडौं । बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित...

एउटै योजनामा तीन तहका सरकारले काम गर्दा नतिजा दिन समस्या भयो

प्रदेश सरकार मातहत जिल्ला–जिल्लामा पूर्वाधार विकास कार्यालयहरू स्थापना भएका छन् । प्रदेशको भौतिक पूर्वाधार...

पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति

काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने...