नाम विवादले बन्न सकेन सुनकोशीमा पुल

Published on

काठमाडौं । दुई जिल्लाको विवादका कारण खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा पक्की पुल बन्न सकेको छैन । योजनाको नामको विषयमा विवाद हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा र उदयपुरको कटारी नगरपालिका जोड्ने पक्की पुलको निर्माण वर्षौंसम्म अगाडि बढ्न नसकेको हो ।

खोटाङको डिकुवा नर्सरी र उदयपुरको कटारी नगरपालिका–१०, ढाँडे (सोरुङछबिसे) जोड्ने पुल बनाउन डिकुवाका स्थानीय २०७४ सालमा अग्रसर भएका थिए तर योजनाको नामलाई लिएर विवाद निम्तिएपछि हालसम्म पुल बन्न सकेको छैन । सुरुमा नाम टिपाउँदा डिकुवा नर्सरी–निबुवाटार मोटरेबल पुल उल्लेख गरिएको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत स्थानीय सडक पुल कार्यव्रmम (एलआरबिपी) अन्तर्गत उक्त पुल निर्माणको प्रव्रिmया थालिएको थियो । निबुवाटार उदयपुरको ताप्ली गाउँपालिका–५, रूपटारमा पर्छ । पुलको उदयपुरतर्फको जग रहने स्थानको नाम फरक पर्दा विवाद निम्तिएपछि डिकुवावासीको पक्की पुल बनाउने सपना हालसम्म पूरा हुन सकेको छैन । सोरुङ खोलाले छुट्याएको ढाँडे र निबुवाटारबिचको दुरी करिब सय मिटर मात्र छ तर ताप्ली गाउँपालिकाका केही अगुवाले निबुवाटारमै पुलको जग बन्नुपर्ने अडान लिएपछि विवाद निस्किएको डिकुवाका स्थानीय हर्कबहादुर राईले बताउनुभयो ।

डिकुवाको नर्सरी र सोरुङछबिसेको ढाँडे जोड्ने पुल बनाउनका लागि आर्थिक वर्ष २०७६÷७७ मा माटो परीक्षणसहित विस्तृत सर्वेक्षण सुरु गरिएको थियो तर ताप्ली गाउँपालिकाका केहीले ‘डिकुवाको नर्सरीबाट निबुवाटार जोड्ने पुल बनाउनुपर्ने’ भन्दै माटो जाँच गर्ने उपकरण खोसेर अवरोध गरेको डिकुवाका शिवकुमार अधिकारीले बताउनुभयो । यसबिचमा डिकुवा र ताप्ली गाउँपालिकाको सिमानामा पर्ने राईघाटमा अर्को पुल बन्ने प्रव्रिmया पनि अगाडि बढिसकेको छ । ताप्ली गाउँपालिकावासीसँग डिकुवा नर्सरी र ढाँडे जोड्ने तथा राईघाट पुल बनाउन आपसमा सहकार्य गर्ने भद्र सहमति जुटिसकेको राईले बताउनुभयो । ताप्ली गाउँपालिकाले पनि नर्सरी–ढाँडे पुल बनाउन ‘कुनै असहमति नरहेको’ उल्लेख गर्दै २०७७ फागुन २५ गते प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालय, इटहरीलाई पुल निर्माण प्रव्रिmया अगाडि बढाउन सिफारिस पठाइसकेको छ ।

गत वर्ष नर्सरी–ढाँडे पुलका लागि स्रोत सुनिश्चितता नहुँदै टेन्डर खुलाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल बनाउने बजेटका लागि पहल गरिदिन प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’, प्रदेश सांसद पाँचकर्ण राई, प्रदेश सांसद भूपेन्द्र राईलगायतलाई आग्रह गरिसकिएको स्थानीयले बताएका छन् । कतिपय जनप्रतिनिधिले पुल निर्माणस्थल निरीक्षण गरिसकेका छन् । नर्सरीबाट ढाँडे जोड्ने पुल बनेपछि डिकुवाबाट कटारी पुग्ने छोटो दुरीको बाटो खुल्ने छ । सो बाटो जयराम–घुर्मी–कटारीभन्दा ३३ किलोमिटर छोटो हुने स्थानीय नयन जेरो राईले बताउनुभयो । केही समयअघि पुल बन्ने ठाउँको निरीक्षण गरेका प्रदेश सांसद भूपेन्द्र राईले बजेट सुनिश्चित गर्न लगाएर पुल बनाउन पहल गर्ने बताउनुभएको छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...