मतदान केन्द्रमा पठाइयो कर्मचारी

Published on

काठमाडौं । इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरुलाई निर्वाचन सामग्रीहरु बुझाएको छ ।

कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरुलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम– २ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगि सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० सामग्री लिएर मतदान केन्द्रमा पुग्ने छन् । कर्मचारी र सामग्रीसँगै सुरक्षाकर्मी पनि जाने जिल्ला सुरक्षा समितिले जनाएको छ । सबै मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि एक हजार ५२३ जना नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र सात सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुने छन् । जसमा नेपाली सेना र सशस्त्र प्रहरी भने ‘फिल्ड’मै रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सशस्त्र र सेना फिल्डमा छन् । बुथमा खटिने नेपाल प्रहरी कर्मचारीसँगै भोलि बेलुका ४ बजेसम्ममा पुग्ने छन् । गोरखापत्र

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...