२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

Published on

काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको दक्षिण पूर्व बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । आज उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भूगर्भ विभागमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’को सह(आयोजनामा फोटो प्रदर्शनी भएको हो ।

उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन् । प्रदर्शनी आज एकदिन चल्नेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...