‘आर्थिक वर्ष सकिन लाग्दा पनि सुरु भएन योजना ’

Published on

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ सम्पन्न हुन तीन महिना कम समय छ । तर लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेका कतिपय योजनाको अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।

लुम्बिनी प्रदेशसभा सदस्य सायरा बानोले बाँकेको डुडुवा गाउँपालिकामा प्रदेश सरकारबाट सञ्चालित विभिन्न आयोजना अनुगमनको क्रममा एउटा योजना हालसम्म पनि सुरु नभएको पाइएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले डुडुवा –४ मा रहेको मुण्डापुरवा मजारको निर्माणका लागि लागत स्टिमेट तयार गरे पनि हालसम्म काम सुरु भएको छैन । मजार निर्माणका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन भएको छ । अन्य आयोजनाको भने काम सम्पन्न हुने चरणमा रहेको लुम्बिनी प्रदेशसभा सदस्य बानोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशभित्रका सम्पूर्ण योजना असारभित्र गुणस्तरीय हिसाबले निर्माण सम्पन्न होस् भनेर अनुगमनमार्फत योजना कार्यान्वयनको अवस्था बुझिरहेका छौँ ।’

डुडुवा–२ मा रहेको मदरसा दारुलउलुम फैजुलरजामा २५ लाख बजेट विनियोजन भएकोमा हाल अन्तिम चरणको निर्माण कार्य भइरहेको छ । यसैगरी नेपालगन्जस्थित मदरसा बरकातियामा २० लाख रुपियाँको लागतमा भवन निर्माण भइरहेको छ । करिब सातसय विद्यार्थी अध्ययनरत मदरसामा अझै पनि भवन अभाव रहेकाले थप सहयोगको माग गरिएको छ । प्रदेश सभा सदस्य बानोले मदरसामा धेरै विद्यार्थी अध्ययन गर्ने भएकाले उनीहरूका लागि आवश्यक विद्यालय भवनसहित अन्य भौतिक र शैक्षिक सहयोगको आवश्यकता देखिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...