काममा आलटाल गरेको भन्दै डिभिजन वन कार्यालयमा तोडफोड

Published on

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय समयपश्चात् आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । तोडफोडबाट कार्यालयका फर्निचर, कम्प्युटर, झ्यालका सिसामा क्षति पुगेको उहाँले बताउनुभयो । यता रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अशोकप्रसाद यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहको रबैयाले साझेदारी वनका पदाधिकारी बाध्य भएर तोडफोडमा उत्रनुपरेको बताउनुभयो ।

प्रमुख साह रौतहट आएदेखि सःमिलसँग साँठगाँठ गरेर गुणस्तरीय काठ टेन्डर गर्ने गरेको, दिगो वन व्यवस्थापन परियोजनाअन्तर्गत पुराना रुख निकाल्ने कार्यका लागि कार्ययोजना बनाउँदा आफ्ना अनुकूलका संस्थासँग सम्झौता गरेर काम गर्न दबाब दिएको, विकास निर्माणका काम सुरु गर्न विभिन्न अनावश्यक कुरा गरेर आलटाल गर्ने गरेको लगायतका कारण यस्तो अवस्था उत्पन्न भएको रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादवले बताउनुभयो । अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने र जनताको हितमा काम गर्ने रहेता पनि डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहले पुरानै रबैया अपनाउनुभएको उहाँले आरोप लगाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...