इलाम उप निर्वाचन : अन्तिम प्रचार-प्रसारमा दल र उम्मेद्वार

Published on

काठमाडौं । वैशाख १५ को उप निर्वाचन आउन अब तीन दिनमात्र बाँकी छ। निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेद्वारको बुधबार प्रचार(प्रसारको अन्तिम दिन हो। राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ।

प्रचारको अन्तिम समयमा पनि चुनावी मैदानमा उत्रिएका राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार आज पनि आफ्नो प्रचार र चुनावी सभा गरिरहेका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहितका चार दलले बुधबार चुलाचुलीमा चुनावी सभा गरिरहेका छन्। एमालेको चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको मंगलबारेमा चुनावी सभा गरिरहेको छ। यो सभालाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने, उप(सभापति स्वर्णिम वाग्ले सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसले भने बुधबार कतै पनि चुनावी सभा राखेको छैन। बुधबार बेलुका पाँच बजेपछि सदरमुकाममै घरदैलो कार्यक्रम रहेको कांग्रेस इलामका सचिव निरोज खड्गीले बताउनुभयो। नेकपा (एकीकृत समाजवादी)ले पनि आज चुलाचुलीमा चुनावी सभा आयोजना गरेको जनाएको छ। सभालाई समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सम्बोधन गर्ने कार्यक्रम छ। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीको आइतबारेमा चुनावी सभा हुँदैछ। यो सभालाई धरान उप(महानगरपालिकाका मेयर हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम छ। अन्य स्वतन्त्र उम्मेद्वारले भने बुधबार माइकिङ र घरदैलो कार्यक्रम गरिरहेका छन्।

कांग्रेस उम्मेदवार खड्काले ल्याएको मतमा तत्कालीन गठबन्धनका दल माओवादी र नेकपा (एस

ले समानुपातिकमा ल्याएको मत घटाउने हो भने एमाले उम्मेदवारसँग झन्डै छ हजार मतको अन्तर छ। आउँदो निर्वाचनमा पहिलाको जस्तै मत खस्ने हो भने माओवादीसँग गठबन्धन गरेको एमालेको मत कांग्रेसको भन्दा पाँच हजार बढी हुनेछ। अहिले एमाले उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ। एमाले आफ्नो तीन दशकदेखिको विरासत जोगाउन जोडतोडले लागेको देखिन्छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...