सुनसरीको भोक्राहामा सुविधा सम्पन्न प्रसूति गृह निर्माण हुने

Published on

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर(प्रसूति गृह) भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर(प्रसूति गृह) निर्माणका लागि शिलान्यास गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रसूति गृह भवनको शिलान्यास गर्नुहुँदै महिलाहरुका लागि प्रसूति सेवामा सहजताका लागि काम अगाडि बढाएको बताउनुभयो । आजादले महिलाहरु धरान, बिराटनगर र इनरुवाको अस्पताल धाउनुपर्ने बाध्यता भएकाले त्यसलाई अन्त्य गर्न स्थानीयस्तरमै विशेषज्ञसहितको सहज सेवा उपलब्ध गराउने गरी सुविधा प्रसूति गृह निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो ।

आजादले प्रसूति गृहबाट प्रसूति विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जानकारी दिनुभएको छ । अहिले रहेको पुरानो भवनको प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू नियमित गर्भवती जाँच, आइरन चक्की वितरण, धनुष्टंकार विरुद्धको खोप (टि.टि. खोप) र प्रसूति सेवा नियमित सञ्चालन भइरहेको बताउनुभयो । प्रसूति गृह भोक्राहा नरसिंह गाउँपालिका तथा सेभ द अर्थको संयुक्त साझेदारीमा निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...