तोडफोडपछि गौरीगन्ज आधारभूत अस्पताल अनिश्चितकालका लागि बन्द

Published on

काठमाडौं । झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो । बिहीबार झाडापखला लागेर आएका एक बिरामीको यहाँ उपचार हुन नसकेपछि अस्पतालले अन्यत्र उपचार गर्न रेफर गरेको थियो ।

स्थानीय ११ वर्षीय बालक उमेश महतोको उपचारको क्रममा दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएपछि बिरामीका आफन्तले शवसहित अस्पताल नै पुगेर प्रदर्शन गर्दै अस्पताल तोडफोड गरेका थिए । दिनभर अस्पताल तनावग्रस्त बनेपछि अस्पतालका सबै सेवा अवरुद्ध बनेको जनाइएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष बद्रीनारायण यादवका अनुसार अस्पतालको सर्वर तथा अन्य भौतिक संरचनाहरुमा क्षति पुगेकाले अर्को निर्णय नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । तत्कालै सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अस्पतालमा धेरै नै क्षति पुगेको जनाइएको छ । समयमा रेफर नगर्दा र अस्पतालका स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरुले आक्रोश जनाएपछि मृतकका आफन्त र अस्पताल प्रशासन तथा व्यवस्थापन समितिबिच छलफल भएको थियो । लापरवाही गर्ने स्वास्थ्यकर्मीहरुलाई निलम्बन गर्ने गाउँपालिका अध्यक्ष फुलवती राजवंशीसहितको उपस्थितिमा निर्णय भएपछि घटना साम्य भएको बताइन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...