तोडफोडपछि गौरीगन्ज आधारभूत अस्पताल अनिश्चितकालका लागि बन्द

Published on

काठमाडौं । झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो । बिहीबार झाडापखला लागेर आएका एक बिरामीको यहाँ उपचार हुन नसकेपछि अस्पतालले अन्यत्र उपचार गर्न रेफर गरेको थियो ।

स्थानीय ११ वर्षीय बालक उमेश महतोको उपचारको क्रममा दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएपछि बिरामीका आफन्तले शवसहित अस्पताल नै पुगेर प्रदर्शन गर्दै अस्पताल तोडफोड गरेका थिए । दिनभर अस्पताल तनावग्रस्त बनेपछि अस्पतालका सबै सेवा अवरुद्ध बनेको जनाइएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष बद्रीनारायण यादवका अनुसार अस्पतालको सर्वर तथा अन्य भौतिक संरचनाहरुमा क्षति पुगेकाले अर्को निर्णय नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । तत्कालै सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अस्पतालमा धेरै नै क्षति पुगेको जनाइएको छ । समयमा रेफर नगर्दा र अस्पतालका स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरुले आक्रोश जनाएपछि मृतकका आफन्त र अस्पताल प्रशासन तथा व्यवस्थापन समितिबिच छलफल भएको थियो । लापरवाही गर्ने स्वास्थ्यकर्मीहरुलाई निलम्बन गर्ने गाउँपालिका अध्यक्ष फुलवती राजवंशीसहितको उपस्थितिमा निर्णय भएपछि घटना साम्य भएको बताइन्छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...