टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

Published on

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति खेलाडी टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशलाई एकताको सुत्रमा बाँध्ने काम क्रिकेटले गरेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली क्रिकेटले उल्लेख्य सफलता हात पारेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभयो । सरकारले क्रिकेटलाई उच्च प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली क्रिकेटबाट देशले ठूलो अपेक्षा गरेकोले हार जित भन्दा पनि विश्वकपमा उत्कृष्ट खेल्न आग्रह गर्नुभयो । उहाँले क्रिकेट टोलीले विश्वकप छनोट भएवापत घोषणा गरिएको खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न अर्थ मन्त्रालयसँग पहल गरिरहेको जानकारी पनि दिनुभयो । राखेप सदस्य सचिव टंकलाल घिसिङले सिमित साधन र श्रोतबिच नेपाली क्रिकेटले हात पारेको सफलताले विश्वलाई अचम्म पारेको बतानुभयो । उहाँले राखेपले क्रिकेटको विकासका लागि छुट्टै योजना बाएर अगाडि बढ्न लागेको र विश्वकपमा खेलाडीबाट उत्कृष्ट नतिजाको आशा गरेको पनि बताउनुभयो ।

हामीले अघिल्लो पुस्ता हेरेर खेल्यौँ स् कप्तान पौडेल

बिदाइ कार्यक्रमा कप्तान रोहितकुमार पौडेलले १० वर्षअघि पारस खड्का, शक्ति गौचन र बसन्त रेग्मीहरुले विश्कप खेलेको देखेर क्रिकेट खेलेको र त्यो सपना अहिले आएर पूरा भएको बताउनुभयो । ‘‘हामीले अघिल्लो पुस्ता हेरेर खेल्यौँ । हामीलाई हेरेर भावी पुस्ताले खेल्ने हो । तयारी राम्रो गरेकोले विश्वकपमा उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौँ,’’ रोहितले भन्नुभयो । प्रशिक्षक मोन्टी देसाईले विश्कपमा पुग्नु एउटा सपना भएको र त्यसलाई उपलब्धिमूलक बनाउन सबैले मिहेनत गर्नुपर्ने बताउनुभयो । पछिल्लो एक वर्ष नेपाली क्रिकेटमा धेरै राम्रो भएको छ । उहाँले भन्नुभयो, ‘‘हामी ठूलो अभियानमा निस्किएकोले आशा छ, त्यसलाई साकार पार्नेछौँ ।’ खेलाडीलाई उपप्रधान तथा गृहमन्त्री लामिछाने, खेलकुद मन्त्री श्रेष्ठ, राखेप सदस्य सचिव घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले बिदाइ गर्नुभयो ।

नेपाली टोली शनिबार ९आज राति० र आइतबार गरेर अमेरिका जानेछ । विश्कप अघि नेपालले अमेरिकामा केही अभ्यास खेल खेलेर वेस्ट इन्डिजमा दुई अभ्यास खेल खेल्ने र विश्वकप खेल्न पुनस् अमेरिका जाने क्यानले जनाएको छ । टी–२० विश्वकप जुन १ तारिख देखि सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

नेपालको टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...