ट्रकको ठक्करबाट एकजनाको मृत्यु

Published on

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बस्नुभएका खाँलाई आइतबार करिव ११ बजेतिर ठक्कर दिदा उहाँको मृत्यु भएको मल्लले जानकारी दिनुभएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरीले ठक्कर दिने ट्रकसहिच तुलसीपुर उपमहानगरपालिका–१३ निवासी चालक गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...