सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताउनुभएको छ । सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पत्रिका भन्नु गोरखापत्र भनेर हेर्दै आएको सम्झना गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘‘गोरखापत्रको विरासत सबैलाई थाहा छ । गोरखापत्र पत्रिका प्रकाशन भएर पत्रकारितामा जग हालेको दिन हो । आजको दिनमा हामी लोकतन्त्र, गणतन्त्र र समावेशिताको युगमा छौँ । गोरखापत्रले सरकारको आधिकारिक सूचनासँगै सरकार र जनताबिचको पुलको रुपमा काम गर्नुपर्छ ।उहाँले गोरखापत्र नेपालको राजनीतिको विभिन्न कालखण्डको प्रत्यक्षदर्शी भएको सम्झनासमेत गर्नुभयो। उहाँले नेपाली भाषा र साहित्यको संरक्षण र सम्वद्र्धनमा यसको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो। गोरखापत्रले प्रकाशन गर्ने नयाँ नेपालले सबै भाषाभाषीमा यसको पहुँच पुगेको उहाँले बताउनुभयो।

सञ्चारमन्त्री शर्माले गोरखापत्रले समय अनुकूल पाठक बढाउन सक्नुपर्नेमा जोड दिनुभयो। ‘‘आम मानिसमा विस्तार भएको सूचनाको पहुँच अनुसार गोरखापत्रले पाठक बढाउन सक्नुपर्छ। गोरखापत्रको इतिहास जस्तै वर्तमान र भविष्यलाई गर्विलो बनाउनु जरुरी छ। संस्थान आर्थिक र जनशक्ति व्यवस्थापनमा पनि सक्रिय हुनुपर्नेछ । गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएकोमा उहाँले जोड दिनुभयो। गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुपर्छ। संस्थानको वार्षिकोत्सवको अवसरमा संस्थानका कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सञ्चार सविच रामकृष्ण सुवेदीलगायत पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत गर्नुभयो भने कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गर्नुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...